जनता टाइम्स

४ मंसिर २०७७, बिहीबार १६:३०

आज देशभर थपिए २१०३ संक्रमित, २८५८ जनालाई स्वास्थ्यलाभ


काठमाडौं, मंसिर ४

पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। गत २४ घण्टामा ९ हजार ८ सय ५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षणको संख्या १६ लाख ३३ हजार ५ सय ५९ पुगेको छ।

काठमाडौं उपत्यकामा १ हजार २२९ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ।

उपत्यकामा हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ। आज देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्।

आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २७६ जना संक्रमितको मृत्यु भइसकेको छ। यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो। आइसियुमा ३८० र भेन्टिलेटरमा ६२ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये २५ हजार ३४७ होम आइसोलेसनमा छन् ।