जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १४:३०

पोखरामा थप दुई जना संक्रमितको मृत्यु


कास्की, मंसिर १२

कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना महिला र चरक मेमोरियल अस्पतालमा एकजना पुरूषको मृत्यु भएको हो ।

प्रतिष्ठानमा पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो । उहाँमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–२ का ५९ वर्षीय पुरूषको मृत्यु भएको डा. शर्माले बतानुभयो । उहाँमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।