काठमाडौं, मंसिर १७
चन्द्रागीरी हिल्सले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा परियोजना सञ्चालन रहेको स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन खुला गरेको हो ।
आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागीरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ तथा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९, १० र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का स्थानीयले मात्रै पहिलो चरणमा आवेदन दिन पाउनेछन् । कम्पनीको सेयरमा लगानी गर्न चाहाने स्थानीयल न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओमा छिटोमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ भने त्यस अवधिमा निष्काशनमा ल्याएको शेयर बिक्री नभएमा ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासनको लागि निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटलरहेको छ । व्यवसायिक घराना आईएमई समूहको प्रवद्र्धनमा सञ्चालित कम्पनीले काठमाडौंको चन्द्रागीरी नगरपालिकामा केवलकार र रिर्सोट सञ्चालन गरिरहेको छ ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कात्तिक २८ गते स्थानीय र सर्वसाधारणको लागि गरि कुल १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति दिएको थियो । स्थानीयलाई पछि कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्