जनकपुरधाम, मंसिर १७
सप्तरीमा माहुरीको टोकाइबाट एकजना ६ महिनाकी गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका–१ रुपनी बजार निवासी राजेश यादवकी २४ वर्षीया पत्नी रमिलाको मृत्यु भएको हो । घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतबाट र्फकँदै गरेकी महिलालाई मंगलबार दिउँसो माहुरीले टोकेको परिवारको भनाइ छ ।
गर्भवति महिलाको मुख, घाँटी र छातीमा एकै पटक सयौं माहुरीले टोकेका थिए । माहुरीको टोकाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिए पनि मृत्यु भएको परिवारजनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्