काठमाडौं, मंसिर १७
सुनचाँदीको भाउमा सामान्य बृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलाको ९१ हजार कायम गरेको छ । हिजो तोलाको ९० हजार ५ सय थियो भने सोमबार ९० हजार थियो । आइतबार भने तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै बढेर ९० हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ । यसैगरी चाँदीको भाउ एकैदिन तोलामा ३० रुपैयाँले बढेको छ । महासंघले आज चाँदीको भाउ तोलाको ११ सय ८५ रुपैयाँ कायम गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्