काठमाडौं, मंसिर २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री केशव बडाल र उहाँकी पत्नी शान्ति बडाल कोरोनामुक्त हुनुभएको छ । नेकपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष बडालको आज गरिएको पिसिआर परीक्षण नतिजा नेगेटिभ आएको हो ।
उहाँकी पत्नी शान्ति बडाल पनि कोरोनामुक्त भई अस्पतालबाट डिष्चार्ज हुनुभएको छ । नेता बडाल यही मंसिर ५ गते कोरोना संक्रमणमा पर्नुभएको थियो । कारोनालाई जितेसँगै नेता बडालले आफू र पत्नीको स्वास्थ्यलाभको कामना गर्ने सवैलाई धन्यवाद दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्