जनता टाइम्स

२९ मंसिर २०७७, सोमबार १९:२९

कोरोनाले शैक्षिक सत्रमै गम्भीर असर, वलात्कारका घटनामा पनि बढ्यो


प्रेमराज सिम्खडा/कालीकोट । 

कोरोना सङ्क्रमणले गर्दा जिल्लाको शैक्षिक सत्र नै प्रभावित भएको छ । गत चैतवाट वन्द शैक्षिक संस्था मङ्सीरसम्म वन्द हुँदा एक शैक्षिक सत्रमै असर परेको शैक्षिक सारोकारवालाहरुको भनाई रहेको छ ।

शिक्षा बिकास तथा समन्वय इकाई कालीकोटका प्रमुख महेश देवकोटाले कोरोनका कारणले बिद्यालय वन्द हुँदा नेपालभर वलात्कार तथा दुरब्यवहारका घटनामा पनि बृद्धी आएको वताउनुभयो । प्रमुख देवकोटाले शिक्षाको क्षेत्रमा ४५ मिनेटको बिषय छुट्दा त शैक्षिक क्षेत्रमा ठुलो असर परेको समिक्षा हुने गरेको स्मरण गर्दै पछिल्लो समय नौ महिनाको वन्दावन्दीले शैक्षिक सत्रको उपलब्धी एक वर्षपछि परेको वताउनुभयो । अन्तराष्ट्यि मानव अधिकार दिवशको अवसर कोभिड १९ ले शिक्षामा पारेको प्रभावका वारेमा आयोजित अन्तरक्रियामा वोल्दै प्रमुख देवकोटाले कालीकोटका अधिकाँस बिद्यालय क्वारेन्टाईन वनाउदा बिद्यालयका भौतिक संरचनामा समेत क्षदी पुगेको हुँदा बिद्यालय खुलेपनि बिद्यार्थीलाई सहज नभएको वताउनुभयो । बिद्यालयका भौतिक संरचना आपुर्तिका लागि शिक्षा मन्त्रालय र बिभागमा माग गरेको वताउनुभयो ।

खाँडाचक्र नगरपालिका उपप्रमुख बिजया बिष्टले ठाउँको अभावले बिद्यालयलाई क्वारेन्टाईन वनाउदा बिद्यार्थीमा मानसिक असर परेको स्वीकार गर्नुभयो । उहाँले केही बिद्यालयमा मनोसमाजिक सहजकर्ता खटाउनु पर्ने अवस्था आएको भन्दै पछिल्लो समय आवस्यक समाधानी अपनाएर हप्तामा छ दिन बिद्यालयमा पुरै पढाई सञ्चालन गर्न नगरभरीका ३८ बिद्यालयका प्रअलाई निर्देशन गरेको वताउनुभयो । उहाँले अर्को प्रशंगमा वोल्दै मानव अधिकारको रक्षा र छिटो न्याय दिनका लागि जनशक्तीकै अभाव भएको वताउनुभयो ।

कोरोनाका कारण बिद्यालय वन्द भए । तर गाउँमा छोरा जन्मीदा खेलिने छैटी र राजनितिक दलका कार्यक्रम भने नरोकिएको धेरैले गुनासो गरेका छन । शिक्षा बिकास तथा समन्वय इकाई कालीकोट र शिक्षाका लागि राष्ट्यि अभियालले सयुक्तरुपमा आयोजना गरेको अन्तरक्रियामा वोल्दै शैक्षिक अभियान्ता पदमवहादुर मल्लले गाउँमा दलका भेला देखि देवि देवताका मन्दीरमा हजारौँको जात्रा लगाउन हुने तर बिद्यालय खोल्न नहुने भन्ने भनाई पनि कुनै पनि तहका सरकारको भनाई न्यायसंगत नभएको वताउनुभयो । उहाँले कोरोना बिद्यालयमा पढ्न आएका बिद्यार्थीवाट मात्र सर्छकी भन्दै प्रश्न समेत गर्नुभयो । आफुले गत भदौवाट नै आफ्नो बिद्यालयमा पढाई सुचारु गरेको तर अहिले सम्म कुनै पनि कोरोना सङ्क्रमण नभएको वताउनुभयो ।