जनता टाइम्स

४ पुष २०७७, शनिबार १६:२९

मडेर्नाको कोभिड भ्याक्सिनलाई एफडिएले दियो स्वीकृति


वासिङ्टन, पुस ४

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले मडेर्ना कम्पनीले उत्पादन गरेको कोरोना खोप (भ्याक्सिन) को प्रयोगका लागि स्वीकृति दिएको छ। एफडिएले शुक्रबार राति ट्वीटरमार्फत् खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको जनाएको हो। अमेरिकामा स्वीकृति पाउने मडेर्नाको खोप दोस्रो हो ।

यसअघि फाइजर तथा बायोएनटेकद्वारा उत्पादन गरिएको खोपले स्वीकृति पाएको थियो। एफडिएले मडेर्नाको खोप अमेरिकाभर १८ वर्षभन्दा बढी उमेरका व्यक्तिमा लगाउन स्वीकृति दिएको छ। मडेर्नाको खोप ९४ प्रतिशत प्रभावकारी मानिएको छ।