जनता टाइम्स

५ पुष २०७७, आईतवार १२:४७

संसद विघटनबारे पर्ख र हेरको अवस्थामा वामदेव गौतम


काठमाडौं, पुस ५

नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरेकोमा आफ्नो समर्थन वा विरोध केही पनि नरहेको भन्दै आफू पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो । उपाध्यक्ष गौतम तटस्थ बस्नुलाई अर्थपूर्ण ढंगमा हेरिएको छ । प्रचण्ड–नेपाल समूहले भने संसद विघटनको विरोध गरिरहेका छन् ।