जनता टाइम्स

६ पुष २०७७, सोमबार १५:०८

प्रचण्ड–माधवलाई महेश बस्नेतले दिए कडा चेतावनी


काठमाडौं, पुस ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई कडा चेतावनी दिनुभएको छ ।

स्थायी कमिटी र केन्द्रीय कमिटीको नाममा प्रचण्डले बिज्ञप्ती जारी गरी पहिलो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कार्वाही गर्ने निर्णय भएको भन्दै बिज्ञप्ती जारी गरेपछि पूर्वमन्त्री बस्नेतले आकासतिर फर्केर थुकेको थुक आफ्नै मुखमा पर्ने भन्दै नेकपाका कार्यकर्ता र जनताले जवाफ दिने बताउनु भएको हो । घरमुलीलाई पाहुनाले कहिल्यै निकाल्न नसक्ने भन्दै बस्नेतले कार्यकर्ता र जनताको कार्वाहीको लागि तयार भएर बस्न पनि चुनौती दिनुभएको छ ।

‘पार्टीका पहिलो अध्यक्ष घरमा पाउना लाग्न आएका ब्यक्तिले छोरा छोरीमध्यको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा साबधानी गरे बापत घरमुलीलाई घरबाट निकालेको जास्तै नौटंकी हो यो कथित स्थायी कमिटीरुपी प्रचण्ड गुटको षड्यन्त्र,’ बस्नेतले भन्नुभएको छ, ‘केपी शर्मा ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० बर्ष पछाडि राजनितीमा लागेका प्रचण्डले पूर्वएमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कारबाही रे ! बिश्वको सबैभन्दा ठूलो प्रहसन मंचन हुदैछ । चार्ली चाप्लिङ्ग माथ खाने भए अब । आउँदो चुनाव पछाडि प्रचण्डको हैसियत हेरौंला । कार्बाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला । अनि कार्बाही कसले कसलाई गर्छ समयले बताउने छ । आकाशतिर फर्केर थुक्दैछौ, थुक तिम्रै मुखमा पर्नेछ ।’

बस्नेतले कथित स्थायी र केन्द्रीय कमिटीरुपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइ दिने घोषणा पनि गर्नुभएको छ ।

यस्तो छ बस्नेतको काउन्टर

घरमा पाउना लाग्न आएका ब्यक्तिले छोरा छोरीमध्यको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा साबधानी गरे बापत घरमुलीलाई घरबाट निकालेको जास्तै नौटंकी हो यो कथित स्थायी कमिटीरुपी प्रचण्ड गुटको षड्यन्त्र । केपी शर्मा ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० बर्ष पछाडि राजनितीमा लागेका प्रचण्डले पूर्वएमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कारबाही रे ! बिश्वको सबैभन्दा ठूलो प्रहसन मंचन हुदैछ । चार्ली चाप्लिङ्ग माथ खाने भए अब । आउँदो चुनाव पछाडि प्रचण्डको हैसियत हेरौंला । कार्बाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला । अनि कार्बाही कसले कसलाई गर्छ समयले बताउने छ । आकाशतिर फर्केर थुक्दैछौ, थुक तिम्रै मुखमा पर्नेछ । तिम्रा कथित स्थायी र केन्द्रीय कमिटीरुपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइ दिनेछन ।