जनता टाइम्स

७ पुष २०७७, मंगलवार १३:००

प्रचण्ड–नेपाल पक्षमा खुले भारतीयहरु, भन्छन् : ओलीले भारतीय हितमा काम गरेनन्


काठमाडौं, पुष ७

भारतले होइन् मैले राजिनामा मागेको भन्दै असार १६ गतेको स्थायी कमिटीमा बोलेका दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहालले भारतीय योजनामा पार्टी विभाजनको खेल शुरु गरेको खुलेको छ । पार्टी विभाजनको तयारी गरिरहेका सो समुहलाई केही भारतीय विश्लेषक र मिडियाले समर्थन गरेका छन् ।

उनिहरुले नेपाली राजनीतिमा प्रचण्डको उदय भएकाले अब यसलाई भारतले भरपुर सदुपयोग गर्नुपर्ने बताएका छन् । नेपालमा चीनको प्रभाव अब घट्ने भएकाले यो भारतको लागि सुनौलो अवसर भएको उनिहरुको भनाई छ । भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले चीनको प्रभाव कम हुने भएकाले नयाँ राजनीतिक परिस्थितिले भारतका लागि नयाँ अवसर जन्माएको बताउनु भयो ।

नेपाल मामिलाका अर्का विज्ञ प्राध्यापक एसडी मुनीले नेकपाको विग्रह चीनलाई ठिक नलागेको बताए । उनले भारतले नेपालमा राजनीतिक स्थिरता मात्र होइन्, भारतीय हितमा काम गर्ने सरकार पनि चाहेको खुलाए । उनको भनाईको स्पष्ट थियो, कि ओलीले भारतीय इच्छा अनुसार काम गरेनन् अब बन्ने सरकारले भारतको हितमा काम गर्नुपर्छ ।

भारतको रक्षा मन्त्रालयसम्बद्ध थिंक ट्यांक आईडीएसएका नेपाल मामिला जानकार डा। निहार नायकले भने नेपालभित्र देखिएको राजनीतिक अस्थिरता भारतको हितमा नभएको जनाए । उनले भारत नेपालको राजनीतिक स्थायित्व र स्थिरताको पक्षमा रहेको बताए । उनले भने यो नितान्त नेपालको आन्तरिक मामिला भएकाले भारतले केही पनि नबोल्ने स्पष्ट पार्नुभयो ।