सिन्धुली, पुस ८
नेकपा नेता तथा युवा इन्चार्ज महेश बस्नेत तामझामका साथ सिन्धुली प्रबेश गर्नुभएको छ । माडी २ नं बजारमा रहेको जिल्ला पार्टी कार्यालय अगाडि जम्मा भएका ७ सय भन्दा बढी युवाहरुले कार्यालयमा ताला लगाएर साँचो केपी ओली पक्षधर पुर्ब जिल्ला सचिब महेन्द्र श्रेष्ठलाई जिम्मा लगाएका छन् ।

राजन दहाल जिल्ला अध्यक्ष रहेको र बिगतमा माओबादीको प्रभाव क्षेत्र भनेर चिनिएको सिन्धुलीको पार्टी कार्यालयमा ओली पक्षले कब्जा जमाउनु भनेको आफैमा महत्त्वपूर्ण घटनाको रुपमा हेरिएको छ। सो बिषयमा हाम्रो जिज्ञासा राख्दा बागमती प्रदेश सदस्य कौशल कोइरालाले यो कार्यालय केपी ओलीले शिल्यान्यास गरेर पुर्ब एमालेले ११ बर्ष अगाडि बनाएको कारण पनि कार्यालयमा ओली पक्षको हक लाग्ने बताउनुभयो ।

युवा संघ जिल्ला संयोजक देवराज वाइबाको नेतृत्वमा निकै उत्साही युवाहरुको जुलुसमा ‘अघि बढ केपी बा ज्यान दिन तयार छौं । अबको निकास नयाँ जनादेश। घेराबन्दी तोडिन्छ देशको मुहार फेरिन्छ । सिन्धुलीबासी के भन्छ के पी ओली ले भन्छ’ जस्ता नारा लगाएर १ नं बजार, बसपार्क, धुरा बजार हुँदै कमलामाई पार्टी प्यालेसमा गएर सभामा परिणत भएको छ। प्रहरीले सिन्धुली प्रबेश गरेका बस्नेतलगायत युवा संघका नेताहरु रमेश आचार्य, राम्जी सापकोटा, अशोक चौलागाई र अनेरास्ववियु नेता समिक बडालहरुलाई स्कटिङ्ग गर्दै प्रवेश गराएको थियो।













प्रतिक्रिया दिनुहोस्