जनता टाइम्स

९ पुष २०७७, बिहीबार १३:५७

प्रचण्ड- नेपाल समुहलाई झड्का: नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादलको ‘इन्ट्री’


काठमाडौं, ९ पुस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल समेत उपस्थित हुनु भएको छ । बैठक सुरु हुनुअघि नै गृहमन्त्री बादल बालुवाटार पुग्नु भएको थियो । बालुवाटार पुगेर बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।

न्द्रीय समितिको बैठकमा बादल मञ्चमा बस्नु भएको छ। लामो समयको तटस्थता तोड्दै अन्ततः बादल ओलीको पक्षमा उभिनु भएको छ । यसबीचमा दुवै पक्षका भेला बैठकहरुमा सहभागी नभएका बादल अहिले केही बेरअघि ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नु भएको हो ।

बादललाई आफ्नो पक्षमा पार्न प्रचण्डले यसबीचमा पटक–पटक भेटेर आग्रह गर्नुभएको थियो । नेकपा विभाजनमा ओलीलाई साथ दिने थापा पूर्व माओवादीका तर्फका सबभन्दा वरिष्ठ नेता हुनुहुनछ । थापाबाहेक स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापाले पनि ओलीलाई साथ दिनुभएको छ ।