काठमाडौ, पुस ११ । विघटित संसद पुनर्स्थापनाको माग गर्दै नेकपाकै प्रचण्ड नेपाल समुह सडक संघर्षमा उत्रिएको छ । नेकपा प्रचण्ड नेपाल समूह का य पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत मुख्य नेताहरु शुक्रवार माइतीघरमा चिसो भुईमा बसेर आन्दोलन गर्दै गरेको अवस्थामा देखिनुभएको थियो । शनिवार विहानै ति नेतालाई लक्षित गर्दै राप्रपाका अध्यक्ष कमल थापाले आफुले जस्तै नियती उनीहरुले पनि भोग्नुपर्ने बताउनुभयो ।
प्रचण्ड नेपाल समुह आफुहरु नै बैधानिक नेकपा हो भन्दै चुनाव चिन्ह दावी गर्दै निर्वाचन कार्यालय पुगेका थिए । सोही विषयमा टिप्पणी गर्दै थापाले आफुले भोगेको घटना स्मरण गर्नुभएको छ। उहाले विगतमा राप्रपा विभाजनको घटनासँग जोडेर प्रचण्डको आलोचनासमेत गर्नुभएको छ ।
‘पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदैगर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु,’ विगत कोट्याउँदै उहाले ट्विटरमा लेख्नुभएको छ , छन्, ‘तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव र प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस,मेरो शुभकामना।’
उहाले प्रचण्ड नेपाल समुहलाई व्यंग्यात्मक टिप्पणी समेत गर्नुभएको हो । शनिबार बिहान सामाजिक सञ्जाल मार्फत् थापाले न्यायालयमा राजनीतिकरण भएको सन्दर्भ उल्लेख प्रचण्ड र नेपालाई व्यंग्य गर्नुभयो ।
‘२०६३ सालपछि कांग्रेस कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्य संयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैँलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड नेपाललाई भएकै होला।’













प्रतिक्रिया दिनुहोस्