काठमाडौं, पुस १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाहिरिएको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल समुहले प्रतिनिधिसभा बिघटनबिरुद्धको आन्दोलनमा कृषिमन्त्री घनश्इाम भुसालबिरुद्ध नारा तय गरेको छ । कृषि मन्त्रालयको नेतृत्व सम्हाल्दा उखु किसानको पक्षमा केही काम नगरेको भन्दै प्रचण्डको निर्देशनमा घनश्यामबिरुद्ध नारा तय गरिएको हो ।
आन्दोलन जस्तो विषयमा माधव समुहलाई जानकारी नै नदिइ प्रचण्डले नारायणकाजी श्रेष्ठमार्फत पूर्वएमाले मन्त्रीहरुबिरुद्ध नारातय गरेका हुन । मंगलबार प्रचण्ड समूहले आज प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गर्दैछ । सो प्रदर्शनमा लगाइने नारामा पनि माधव पक्षको असहमति रहेको बुझिएको छ । प्रचण्ड समूहले ‘उखु किसानका माग पूरा गर’ भन्ने नारा पनि तय गरेको छ । यो नारामा माधव समूहले असहमति जनाएको बुझिएको छ । माधव समूहका घनश्याम भुषाल तीन दिन अघिसम्म कृषि मन्त्री हुनुहुन्थ्यो ।
यद्यपी सरकारले उखु किसानसँग सोमवार नै सहमति गरिसकेको छ । यसअघिका मन्त्री भुसालले केही काम नगरेको प्रमाणका रुपमा यस्तो नारा तय गरिएको हो । यो बिषयलाई लिएर माधव समहले आपत्ति जनाएको एक नेताले जनताटाइम्सलाई बताए । ‘आन्दोलनका नारामा जनजिविकाका सवालमा यो एउटा मात्र नारा सामेल गरिएको छ, उखु किसानको माग पूरा हुनुपर्छ भन्नेमा हाम्रो असहमति होइन तर हामीसँग सल्लाह नगरी जनजिविकाको सवालको यो एउटा मात्र नारा राखेर सर्कुलर गरिएको छ, यसमा हाम्रो आपत्ति हो’– माधव पक्षका ती नेताको भनाई छ ।
नेकपाले केन्द्रीय संघर्ष समितिको नाममा आन्दोलनमा लगाइने नारा सार्वजनिक गरेको छ । नारा सार्वजनिक गरिएको सो पत्रमा कसैको हस्ताक्षर छैन । यसमा माधव पक्षले आपत्ति जनाएको हो ।













प्रतिक्रिया दिनुहोस्