जनता टाइम्स

१४ पुष २०७७, मंगलवार १८:२०

नेकपा काभ्रेको अध्यक्षमा ब्याञ्जु, सचिवमा पाण्डे


काठमाडौं, पुस १४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य अशोक ब्याञ्जु नेकपा काभ्रे अध्यक्षमा मनोनयन हुनुभएको छ । त्यस्तै नेकपा काभ्रेको जिल्ला कमिटी बैठकले आज जिल्ला सचिवमा नारायण पाण्डेलाई जिम्मेवारी दिइएको हो ।

नेकपा काभ्रेको जिल्ला कमिटी बैठकले पार्टी अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई पदमुक्त गर्ने निर्णय गरेको छ ।