काठमाडौं, पुस १४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव गुटका नेता कार्यकर्ताले पार्टीको झण्डा र चुनाव चिन्हको दुरूपयोग गरेका छन् । सूर्य चिन्ह दाबी गरिरहेका उनीहरूले आज सडकमा सूर्य अंंकित झण्डा राखेर बदम खाइरहेका थिए । सूर्य चिन्हको दाबी गर्नेहरूले नै दुरूपयोग गरेपछि अनेरास्ववियूका संयोजक ऐन महरले यसरी दुरूपयोग गर्नेलाइ झण्डा समेत नछुन अनुरोध गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘मार्चण्ड गुट नेकपा र सुर्य चिन्हको असली हकदार होइन भन्ने कुरा यो हर्कतले स्पष्ट गर्छ । नेकपा र सुर्य चिन्हको दावी त केवल ढोंग हो पाखण्ड हो । जनतालाई झुक्याउने केवल एउटा अस्त्र सिवाय केही होइन । खबरदार ! त्यो दलाल गद्धार र राष्ट्रघाती हातहरुले कम्युनिस्ट पार्टीको झण्डा र सुर्य चिन्ह अंकित झण्डा नछोउ ।’
तस्बीर : पहिलोपोष्टका रोजन श्रेष्ठबाट साभार















प्रतिक्रिया दिनुहोस्