जनता टाइम्स

१६ पुष २०७७, बिहीबार १३:२९

पार्टीको ३० लाख भिम रावलद्वारा गायब !


काठमाडौं, पुष १६

नेकपाको अनौपचारिक विभाजनसँगै सयुक्त रुपमा पार्टी हुँदाको रकम हिनामिनाका खवरहरु आउन थालेका छन् ।

केन्द्रमा नेकपा एमालेको बैंक खाता रोक्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पत्रचार गरेको खुलिरहेका बेला सुदूरपश्चिम प्रदेश ३० लाख खाताबाट गायब भएको कुरा आएको छ ।नेकपाका कर्णबहादुर थापाले सामाजिक सञ्जालमा भिम रावलले पार्टीको ३० लाख रुपैयाँ गायब बनाएको बताउनु भएको छ ।

उहाले घटनाबारे यसरी जानकारी गराउनु भएको छ-

नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखन तयार पार्न मुख्य भूमिका खेल्ने मध्येका एक डा. भीम रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ भन्ने कुरा सुदुरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायव पारेपछि स्पष्ट भएको छ । पार्टीको वैक खाता अध्यक्षको हैसियतले मेरो, कार्यालय सचिव दिनेश चन्द्र सुवेदी र सचिव नेप बहादुर चौधरीको नाममा रहेको थियो । पार्टी फूटको तहमा पुगे पछि मैले दिनेश चन्द्र सुवेदी र नेप बहादुर चौधरीलाई पार्टी सम्पत्ति साझा हो । वैकबाट पैसा निकाल्नको लागि हस्ताक्षरको दुरुपयोग नगर्नु होला । राजनीतिक विवाद र पक्षधरता आफ्नो ठाउँमा छ तर सम्पत्तिको दुरुपयोग भयो भने व्यक्तिगत जिम्मेवार लिनु पर्दछ भनेको थिए । पार्टी कार्यालयमा तालाबन्दी भएका कारणले कृषि विकास बैक धनगडिका मेनेजरलाई पार्टीको नामबाट चेक आएमा पैसा नदिनु होला भनेर पनि भनेको थिए । तर डा. भीम रावलको दबाबमा पार्टीको ३० लाख गायव पारिएको छ । यसलाई मैले अन्तन्तै नीज र अपराधिक मानसिकताको उपजको रुपमा लिएको छ । आम पार्टीकार्यकता र नेपाली जनतालाई फुटवादीको यथार्थता बुझिदिनको लागि हार्दिक अपिल गर्दछु ।

कर्णबहादुर थापा