काठमाडौं, पुष १८
नेपाल कम्युनिष्ट पार्टीका नेता एंव उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई व्यक्तिको पदको महत्वकांक्षाले पार्टी यो अवस्थामा आइपुगेको बताउनु भएको छ । उहाले पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने र माधवकुमार नेपालको अध्यक्ष बन्ने हुटहुटीले यो अवस्था सिर्जना भएको बताउनु भएको हो ।
नेकपा राजधानी मजदुर विशेष जिल्ला कमिटीको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै उहाले प्रचण्ड एकताको शुरुमै कब्जाको रणनीति रहेको थियो । उपप्रधानमन्त्री पोखरेलले निर्वाचनमा सहकार्य गरेको तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेससँग सहमति गरेर सरकार बनाउन लागिपरहेको रहस्य पनि खुलेको बताउनु भयो ।
नवौ महाधिवेशनमा अध्यक्षमा पराजित नेपालपनि अध्यक्ष बन्नका लागि प्रचण्डको पछाडी लागेको खुलाउनु भयो । ‘अध्यक्ष, प्रधानमन्त्रीबाट हटाउने र कब्जा गर्नेबाट निर्देशित भएर यो काम गर्न खोज्दा संकट आएको हो’, उहाले भन्नुभयो, ‘यो कुरा जनताको बिचमा लैजानुपर्छ ।’
उहाले पार्टी विधि र पद्धतिबाट चल्ने बताउदै कब्जाको राजनीति छाड्न आग्रह समेत गर्नुभयो । पार्टी एकता जोगाउन आफुहरु सक्रिय रहेपनि फुटाउनका लागि विदेश शक्ति सक्रिय रहेका बेला प्रचण्ड–नेपाल समुहले सो शक्तिलाई सहयोग गरेको समेत बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्