जनता टाइम्स

२१ पुष २०७७, मंगलवार ११:४७

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षबाट लजास्पद हारसहित बाहिरिए कांग्रेस नेता रेग्मी


काठमाडौं, पुष २१

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा कांग्रेसका नेता खेमराज रेग्मी लजास्पद हार ब्यहोर्दै बाहिरिनु भएको छ । सोमबार भएको निर्वाचनमा रेग्मी पूर्वमहासचिव पद्मिनी प्रधानाङ्गसँग पराजित हुनु भयो ।

प्रधानाङ्गले २७ मत ल्याउदा उहाले केवल १० मत मात्रै प्राप्त गर्नसक्नु भयो । कार्यसमितिमा सदस्यहरु पुनः निर्वाचित हुँदा रेग्मी भने लजास्पद हारबाट बाहिरिनु भएको हो । उहाको कार्यकाल निक्कै विवादित बनेपछि सदस्यले नै विरोध गरिरहेका थिए । संस्थालाई आफ्नो स्वार्थअनुरुप प्रयोग गरेपछि निक्कै असन्तुष्टि रहेको थियो, जुन निर्वाचनमा पोखिएको एक सदस्यले जानकारी दिनुभयो ।

अध्यक्षमा निर्वाचित पूर्वमहासचिव पद्मिनी प्रधानाङ्ग

कार्यसमिति सदस्यमा मुकुन्दबहादुर प्रधान, किरण थापा,बुद्धिनारायण श्रेष्ठ, कृष्णज्ञवाली, आर्या श्रेष्ठ पुनः निर्वाचित हुनु भएको छ । नयाँ समितिसदस्यको रुपमा डा. सागरराज शर्मा, मदनकृष्ण शर्मा र राष्ट्रिय व्यावसायिक पहल निर्वाचित भएका छन् । सभाले संस्थाको आर्थिक वर्ष २०७६÷०७७को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।