काठमाडौं, माघ १४
नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहलाई उच्च अदालत दिपायलले दुईवटी श्रीमतीको श्रीमान रहेको ठहर गरिदिएको छ। घरमा श्रीमती हुँदाहुँदै आफ्नै कार्यकर्तासँग विवाहको नाटक गर्ने शाहले विवाह गरेपनि औपचारिक रूपमा नस्वीकारेको र आफूलाई अलपत्र पार्दै श्रीमतीको अधिकारबाटसमेत बञ्चित गराएको दावीसहित नेपाल महिला संघकी नेतृ राधिका भुजेलले दायर गरेको मुद्दामाथि उच्च अदालतको मंसिर २१ गतेको फैसला आएको हो । अदालतले उनीहरुबीच श्रीमान श्रीमतीको नाता कायम गरिदिएको छ।
भुजेलले नाता कायम गराई पाउन यसअघि जिल्ला अदालत अछाममा मुद्दा हालेकी थिइन् । तर, जिल्लाले श्रीमान श्रीमतीको नाता कायम नहुने ठहर्याएपछि उनी उच्च अदालत, दिपायल पुगेकी थिइन् । जिल्लाको फैसला उल्ट्याउँदै उच्च अदालतले शाह र भुजेलबीच श्रीमान र श्रीमतीको नाता कायम गरिदिएको छ।
राधिकाले अदालतमा दिएको फिराददावीमा ‘२०६० मंसिर १२ गते आफूलाई काठमाडौँ जाने भनी फकाएर मनकामना मन्दिर पुर्याएको र तीन दिनपछि १५ गते शाहले सिउँदोमा सिन्दुर हालेको’ उल्लेख छ।













प्रतिक्रिया दिनुहोस्