बुटवल, माघ १५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भई नयाँ दल खोल्नुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल समुहले बुटवलमा आयोजना गरेको प्रदेशभरको सभा भन्दा प्रधानमन्त्री केपी ओलीको पक्षमा दाङमा गरिएको जिल्लासभामै दोब्बर बढी उपस्थिति देखिएको छ । प्रचण्ड–माधव समुहले आज बुटवलमा आयोजना गरेको बिरोधभा भन्दा दुई दिनअघि दाङमा आयोजना गरिएको सभाको उपस्थिति दोब्बर बढी देखिएको हो ।
प्रचण्ड समुहले बुटवलमा आज आयोजना गरेको सभामा मानवसागर उरालेको भन्दै ब्यापक प्रचार प्रसार गरेको छ । सो समुहका हरेक सदस्यले फोटो राखेर प्रचार प्रशार गरिरहेको छ तर दाङमा दुई दिन अघि आयोजना गरिएको ओली नेतृत्वको नेकपाको जिल्ला सभामा उपस्थित जनता भन्दा एक तिहाइ मात्रै रहेको छ ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङमा ५ बिगाह क्षेत्रफलमा आयोजना गरिएको जिल्ला सभा भन्दा बुटवलमा १३ कठ्ठामा आयोजित सभाको उपस्थिति ठूलो देख्ने दृष्टिदोष देखिएको बताउनु भएको छ । ‘दृष्टिदोष : दाङको ५ बिगाहमा सम्पन्न जिल्ला सभालाई सानो देख्नेले बुटवलको १३ कठ्ठामा सम्पन्न प्रदेश सभालाई बिशाल देख्दो रहेछ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।

माथिका यी दुई तस्विरले नै ओली पक्षको जिल्ला सभा भन्द्या प्रचण्ड समुहको प्रदेशभरको शक्ति प्रदर्शन निकै कमजोर देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्