जनता टाइम्स

१६ माघ २०७७, शुक्रबार १५:२३

पर्यटनमन्त्री ढकालको निष्कर्ष : संसद विघटन अग्रगमन, पुनःस्थापनको माग प्रतिगमन


काठमाडौं, माघ १६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसद विघटन सरकारको अग्रगामी कदम भएको बताउनुभएको छ । सरकारले ताजा जनादेशमा जाने भनेर गरेको निर्णय अग्रगमन भएको उहाँको भनाइ छ ।

आज पर्यटन मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा मन्त्री ढकालले ताजा जनादेशमा नगएर फेरि संसद पुनःस्थापनाको माग राख्ने पक्ष प्रतिगमनकारी भएको बताउनुभयो । पुरानै अवस्थामा फर्कन चाहने र चुनाव नचाहनेहरु प्रतिगमनकारी भएको उहाँको भनाइ छ ।

उहाँले आफ्नो मन्त्रालयमा चुनावसम्म मात्रै कार्यकाल भएकाले नयाँ योजनाहरु केही नल्याउने पनि बताउनुभयो । अहिले सञ्चालनमा रहेका राम्रा कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर कार्यान्वयन मात्रै गर्ने बताउनुभयो ।