जनता टाइम्स

२१ माघ २०७७, बुधबार १२:०८

बालुवाटार काण्ड पत्ता लगाउने राईको अख्तियारमा इन्ट्री


काठमाडौं, माघ २१

चर्चित बालुवाटार सरकारी जग्गा काण्डको छानविनमा सक्रिय भूमिका निर्वाह गरेका प्रेमबहादुर राईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इन्ट्री भएको छ । अख्तियारको प्रमुख आयुक्तका रुपमा राईको प्रवेश भएको हो ।

बालुवाटार काण्डको छानविन गरेदेखी नै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको अरुचिमा रहेका राईले प्रवेशसँगै अख्तियारले पुराना घोटलाहरुको सत्यतथ्य छानविन गर्ने विश्वास लिइएको छ । अख्तियार केही महिनादेखी प्रमुख आयुक्त विहिन अवस्थामा रहेको थियो । प्रचण्ड–नेपाल समुहले आफुले भनेको मान्छे नियुक्ति गर्ने भएमात्र समर्थन गर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले निष्पक्ष भएर काम गर्नेलाई नै अख्तियारमा नियुक्ति दिने अडान राख्दै आउनु भएको थियो ।

अख्तियारमा सह–सचिव र सचिवका रुपमा काम गरिसकेका राईलाई भ्रष्टाचार निवारणका लागि कसरी प्रशासनिक काम गर्नुपर्छ भन्ने राम्रो अनुभव छ । प्रधानमन्त्री ओलीले रुचाएको प्रशासक भनिए पनि कतिपय निर्णयमा प्रधानमन्त्रीसमेतलाई ‘कन्भिन्स’ गर्न सक्ने खुबी भएका राईले गृह प्रशासनमा धेरै सुधार गरेका थिए ।

राईले गृह सचिवको कार्यकालका दौरानमा नेपाल कम्युनिस्ट पार्टीका नाममा नेत्र विक्रम चन्द विप्लवको गतिविधि व्यापक थियो । जसलाई सुरक्षाकर्मीको परिचालनका आधारमा राईको निर्देशनमा खुम्च्याउने काम भएको थियो ।