जनता टाइम्स

२३ माघ २०७७, शुक्रबार ११:४४

एमसीसी विरुद्धको नारा रोकेपछि प्रचण्डको सातो उडायो, स्पष्टिकरण दिन बिहानै पत्रकार सम्मेलन


काठमाडौँ, माघ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड (माधव झलनाथ(प्रचण्ड) समूहले एमसीसीबारे स्पष्टिकरण दिन एकबिहानै पत्रकार सम्मेलन गरेको छ । सो समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार कार्यकर्तालाइ एमसीसीबारे नाराबाजी नगर्न निर्देशन दिनुभएको थियो । प्रचण्डको सो निर्देशनको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरूद्धमा प्रोपोगाण्डा चलाइरहेका केही मिडियाबाहेक सबैमा प्रकाशित, प्रशारिता भएको थियो ।
सार्वजनिक रूपमा चर्को आलोचना भएपछि प्रचण्डले संघर्ष समितिका नाममा शुक्रबार बिहानै पत्रकार सम्मेलन गरी प्रचण्डले एमसीसीको बारेमा निर्णय गरि नसकेको हुनाले आफूले कार्यकर्तालाइ नाराबाजी नगर्न निर्देशन दिएको बताउनुभयो । उहाँले आफूले एमसीसी अश्वीकार पनि गरिनसकेको बताउनुभयो ।