जनता टाइम्स

२६ माघ २०७७, सोमबार १८:५८

सभामुखले कुन ऐन अन्तर्गत संवैधानिक परिषद् विरुद्ध निवेदन हाल्नु भएको हो ? : संविधानविद् अधिकारी


काठमाडौं, माघ २६

संविधानविद् डा. विपिन अधिकारीले सभामुख अग्निप्रसाद सापकाटोले कुन ऐन अन्तर्गत संवैधानिक परिषद् विरुद्ध निवेदन हालेको भन्दै प्रश्न गर्नुभएको छ । उहाले सभामुखका रूपमा संवैधानिक परिषद्को निर्णयविरुद्ध रिट निवेदन दिन नमिल्ने स्पष्ट पार्नुभयो ।

सभामुख आफै राज्यको पदाधिकारी भएकोले यसरी रिट निवेदन दिन नमिल्ने अधिकारीको भनाइ छ । सभामुखले दायर गरेको रिटमा सर्वोच्च अदालतले यसअघि नै अन्तरिम आदेश दिन अस्विकार गर्दै कारण देखाउ आदेशमात्र जारी गरेको छ ।

सामाजिक सञ्जालमा संविधानविद् आचार्यले सभामुख अग्नी सापकोटाले नागरिकको रूपमा मात्रै सर्वोच्चको असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न सकिने उल्लेख गर्नुभएको छ ।

यस्तो छ उहाको टिप्पणी

सभामुखले कुन ऐन अन्तर्गत संवैधानिक परिषद् विरुद्ध निवेदन हाल्नु भएको होरु सर्वोच्चको असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न नागरिकको रूपमा जाने हो । सभामुखका रूपमा होइन । सभामुख आफै राज्यको पदाधिकारी हुनुहुन्छ । राज्य विरुद्ध वहाँको कुनै दाबी हुन सक्दैन । सभामुखबाट राजीनामा दिएको हो भने त्यसो गर्न अवश्य मिल्दछ ।