धनगढी, माघ २७
तटस्थ रहनुभएका कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेल्धुराको अमगरढीका मेयर नेकपा ओली समूहमा लाग्नुभएको छ । नेकपा विभाजनपछि कुनै पनि समूहमा नखुल्नुभएका भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सोमबारदेखि ओली समूहमा खुल्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटपछि मेयर बिष्ट ओली समूहमा खुल्नुभएको हो । यसअघि उहाँलाई फकाउन नेकपा प्रचण्ड–नेपाल समूहले निकै कोसिस गरेपनि असफल भएको हो । उता अमरगढीका मेयर बिपिन ओझालाई भने माधव प्रचण्ड समूहले वेवास्ता गरेपछि ओली समूहमा लाग्नुभएको छ । दुई मेयर नेकपा ओली समूह खुलेपछि सुदूरपश्चिम नेकपामा उत्साह छाएको छ ।
सुदूर पश्चिमका ८८ तहमध्ये ४८ तह नेकपाका प्रमुखमा छन् । अहिले नेकपा ओली र नेकपा माधव–प्रचण्ड समूहबीच स्थानीय तहमा कडा टक्कर छ । २३/२३ तहमा दुबै समूहमा प्रमुख छन् । उपाध्यक्ष तथा उपमेयर भने ओली समूहमा बढि रहेका छन् । दुई जना प्रमुख भने अझै खुल्नुभएको छैन ।
प्रतिक्रिया दिनुहोस्