काठमाडौं, माघ २८ । बिधानबिपरित पार्टी नेतृत्व र संबिधानबिपरित सरकारको नेतृत्व हत्याउन नसकेपछि प्रतिगमन भयो भन्दै सडकमा पुगेको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल नेतृत्वको ‘पुमा’ समुहले आजको सभामा चरित्रहत्या गर्ने होडवाजीमा उत्रिएका नेताहरुलाई बक्ता तोकेको छ । पुमा समुहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न आयोजित सभामा बैचारिक बिषयमा कुनै नगरी सोझै चरित्र हत्यामा उत्रने नेता र नेतृहरुलाई बक्ता बनाएको हो ।
अबैधानिक रुपमा कू री प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन नसकेपछि सडकमा पुगेको सो समुहले आज बक्ता चयन गर्दा नै चरित्रहत्यालाई प्राथमिकता दिएको हो । सो समुहले आजको सभामा अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बक्ता तोकेको छ ।
पछिल्लो समय बैचारिक रुपमा नभई चरित्रहत्या प्रचण्ड र माधव नेपाल नै उत्रनुभएपछि सो समुहका अधिकांश नेताहरु राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रहत्यालाई आफ्नो भाषण बनाउँदै आएका छन । आजको सभामा पनि सो समुहका नेता प्रचण्ड–माधवदेखि रामकुमारीसम्मले चरित्रहत्याकै भाषण गर्ने भएका हुन । प्रमुख बक्ता बनाइएका नेतामध्ये केही भारतीय नागरिकताधारीसमेत रहेका छन ।
पूर्वमन्त्री रामचन्द्र झाको भारतमा समेत नागरिकता रहेको समाचार पटक पटक आइसकेको छ । यस्तै आजको सभामा यौनकाण्डमा फस्नुभएका पूर्वसभामुख कृष्णबहादुर महरासमेत कमाण्डरको भुमिकामा देखिनुभएका छ । बक्ता चयनबाट सो समुहमा निकै ठुलो असन्तुष्टि देखिएको छ । आधा दर्जन युवा बैचारिक नेताहरुले मञ्चमै नजाने भन्दै सभा नै बहिष्कार गरेका छन ।













प्रतिक्रिया दिनुहोस्