जनता टाइम्स

४ फाल्गुन २०७७, मंगलवार १५:३९

आरआरमा ओली र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप, बाक्लो प्रहरी परिचालन


काठमाडौं, फागुन ४

रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच झडप भएको छ ।

सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । थप झडप हुने सम्भावना भएपछि बाक्लो सङ्ख्या सुरक्षाकर्मी परिचालन गरिएको छ।