जनता टाइम्स

६ फाल्गुन २०७७, बिहीबार १२:५२

यस्तो छ सर्वोच्च अदालतमा आफै उपस्थित भएर प्रधानमन्त्री ओलीले दिनुभएको जवाफ (पूर्णपाठसहित)


काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत पुगेर आफूबिरुद्धको मानहानि भएको भन्ने मुद्दामा लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओली लिखित जवाफसहित आज आफैं उपस्थित भएर अदालतप्रतिको आफ्नो उच्च सम्मान व्यक्त गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा दिनुभएको अभिव्यक्तिबाट अदालतको मानहानि भएको भन्ने मुद्दामा यस अघिको सुनुवाइमा आफैं उपस्थित भएर जवाफ पेश गर्न आदेश भएको थियो । सोही आदेशअनुसार प्रधानमन्त्री ओलीले आज उपस्थित भएर जवाफ पेश गर्नुभएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको प्रष्ट पार्नुभएको छ । लिखित जवाफमा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको र अदालतप्रति सधै सम्मान रहेको बताउनु भएको छ । प्रधानमत्रीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन भन्नु स्वभाविक हुने संबिधानवादको मान्उतालाई पनि स्मरण गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जिकिर गर्नुभएको छ ।

आफू चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने मात्र होइन, सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने जिकिर पनि प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

यस्तो छ अदालतलाई दिनुभएको जवाफको पूर्णपाठ