जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार २२:३१

नेपालका कानुन नै विकासको लागि बाधक : शंकर पोखरेल 


काठमाडौं, ३१ बैशाख। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका धेरै कानुन अव्यवहारिक भएको बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयद्वारा आयोजित वर्तमान आर्थिक अवस्था र आगामी बजेट सन्दर्भमा नेकपा एमालेसँग उद्योगी व्यावसायीकाे अन्तरक्रिया कार्यक्रम बोल्दै पोखरेलले कतिपय कानुन विकासका कामलाई रोक्ने र काम गर्नेलाई उल्झनामा पार्ने खालका भएका उहाँको धारणा छ ।

सरकारको काम गर्नका लागि सरकारले नै पैसा तिर्नु पर्ने सम्मका कानुन अहिले पनि विद्यमान रहेका उहाँले बताउनुभयो । ‘अव्यवहारिक कानुनहरू नेपालमा छन्, त्यसलाई सुधार गरेर जानु पर्छ’, उहाँले भन्नुभयो ।

मुलुकलाई के असर गर्दछ भन्ने कुराको ख्याल नगरी विभिन्न अन्तर्राष्ट्रिय सन्धि र कानुनमा आँखा चिम्लिएर सही गर्दा समस्या भएको उहाँले बताउनुभयो । त्यस्ता कानुनहरू संशोधन गर्न आवश्यक रहेको पोखरेलको धारणा छ । ‘हाम्रा कानुन जहिले विकासको लागि बाधक बने’, उहाँले भन्नुभयो ।

कानुन सुधार नगरी अघि बढ्न सकिँदैन भन्ने कुरामा राजनीतिक नेतृत्व आइपुगेको भए पनि कर्मचारी संयन्त्रलाई परिवर्तन गर्न अझै निक्कै गाह्रो रहेको उहाँको धारणा छ । यी सबै काम गर्नको लागि देशमा बलियो राजनीतिक शक्ति आवश्यक पर्ने उहाँको धारणा छ ।

राज्य र सरकारलाई सफल बनाउन निजी क्षेत्रको महत्पूर्ण भूमिका हुने उहाँले बताउनुभयो । निजी क्षेत्र असफल हुँदा राज्य पनि असफल हुने उहाँले धारणा राख्नु भयो ।