जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार १९:३२

प्रतिनिधिसभा बिघटनको निर्णय बदर गर्दा सर्वाेच्चले बनायो यस्तो आधार (फैसलाको पूर्णपाठसहित)


काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो बहसपछि सर्वोच्च अदालतको संबैधानिक इजलाशले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधिसभा विघटनलाई आज बदर गरिदिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज साँझ सुनाउनुभएको आदेशमा १३ दिनभित्र संघीय संसद्को अधिवेशन बोलाउन आदेश दिइएको छ । अदालतले बिघटन संबिधानसम्मत नभएको भन्दै बदर गर्नुका साथै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।

हेर्नुस फैसलाको पूर्णपाठ :