काठमाडौं, फागुन २२ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड अध्यक्ष रहनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेसँगै नेकपा बिभाजनका लागि भएका षडयन्त्र र कुण्ठा पराजीत भएको छ ।
सर्वाेच्चले आज अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिई ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गरिदिएपछि पार्टी बिभाजन गर्नका लागि बिगत लामो समयदेखि भएको षडयन्त्र र कुण्ठा पनि समाप्त भएको हो । सर्वाेच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिने फैसला सुनाउनु भएको हो ।
अदालतको यो निर्णयलाई नेकपाका नेतादेखि कार्यकर्तासम्मले प्रचण्डको षडयन्त्र र माधव नेपालको कुण्ठाको पराजय भएको बताएका छन । ‘नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त पारेर भारतको पाउमा बुझाउने प्रचण्ड र माधवले जुन षडयन्त्र गर्नुभएको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको हितमा काम गर्दा जसरी आफूहरु पछि परियो भन्दै कुण्ठा पालेर षडयन्त्रमा लाग्नुभएको थियो, अदालतको फैसलासँगै प्रचण्डको षडयन्त्र र माधवको कुण्ठाको पराजय भयो, यो खुसीको क्षण हो,’ जनताटाइम्सको सम्पर्कमा आएका नेकपाका आम नेता कार्यकर्ताको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्