जनता टाइम्स

२८ फाल्गुन २०७७, शुक्रबार १५:५५

सर्वोच्चमा दुई र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस


काठमाडौं, फागुन २८

न्यायपरिषद्ले सर्वोच्च अदालतमा दुई सहित उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गरेको छ । सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस हुनु भएको हो ।

उच्च अदालतका मुख्य न्यायाधीशद्वय सुवेदी र चुँडाललाई आज बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषद्ले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश हुनुहुन्छ भने चुँडाल वागमतीका मुख्य न्यायाधीश रहनु भएको छ । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त थिए । यसैगरी उच्च अदालतका १८जना न्यायाधीश नियुक्तिको पनि सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।