काठमाडौं, फागुन २८
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई हटाएर भट्टलाई जिम्मेवारी दिनु भएको हो ।
प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले शुक्रबार बैठक बोलाएर प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गर्नुभएको हो । सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती प्रदेश इन्चार्जलाई समेत हटाइएको छ ।
आफ्नै पार्टीको मुख्यमन्त्रीलाई अविश्वासको प्रस्ताव हाल्ने अष्टलक्ष्मी शाक्यलाई इन्चार्जबाट हटाइएको छ । बागमति प्रदेशको इन्चार्जको जिम्मेवारी रामबहादुर थापा बादललाई दिइएको छ ।













प्रतिक्रिया दिनुहोस्