काठमाडौं, चैत २ । माधव कुमार नेपालसहितको नेतासँगको बार्तापछि नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निकै मार्मिक कविता लेख्नुभएको छ । महासचिव पोखरेलले आफ्नो फेसबुक वालमार्फत भर्खरै मात्र निकै मार्मिक कविता लेखेर सेयर गर्नुभएको हो ।
यस्तो छ पोखरेलको कविता
आफ्नो घर
अग्रजहरूको
रगत पसिनाले सिंचित जगमा ।
मिहिनेतले बनाएको आफ्नै घर ।
सभ्यता र संस्कृतिको
प्रतीक बनेको आफ्नै घर ।
सौभाग्यको पर्याय रहेको हाम्रो घर ।
भाग्य र भविष्यको प्रतीक हाम्रो घर ।
विडम्वना !
कुनैवेला त्यही घरमा
विरानो जस्तो बन्यौं, हामी
हराएको जस्तो बन्यौं/बनाइयौं
हामी,
साँच्चै भनौं
सभ्यता र संस्कृति सुरक्षित रहन्न कि भन्ने लाग्यो
भाग्य र भविष्यलाई कालो बादलले ढाक्छ कि भन्ने लाग्यो
सौभाग्य लुटिए जस्तो लाग्यो
बाँच्न मुश्किलनै पर्छ कि भन्ने लाग्यो
आज त्यही घरमा पुगेकाछौं ।
मेरो प्रिय घर
यही घरबाट आफ्नै अर्थी निस्कियोस् – मलाइ मन्जूर छ
तर सौभाग्यलाई चुक्न दिने छैन !
स्वाभिमानलाई झुक्न दिनेछैन !
सभ्यता र संस्कृतिको रक्षाका लागि
झण्झावातसित जुध्न मन्जूर छ !
तर, म हराउन सक्तिन- मेरो घर !
म छोड्न सक्तिन मेरो घर !!
प्रतिक्रिया दिनुहोस्