काठमाडौं , चैत ४ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले योगेश भट्टराइे कारबाही गरेर देखाउन भन्दै दिएको चेतावनीप्रति टिप्पणी गर्नुभएको छ ।
प्राईम टाइम टेलिभिजन मा ऋषि धमला सँग कुरा गर्दै उनले भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले भन्नुभयो ,”धेरै हुँकार र सिंगौरीको केही अर्थ हुन्न । पार्टी पार्टीको मर्यादाअनुसार चल्नुपर्छ । विधान परिपाटीअनुसार चल्नुपर्छ । छुट्टिन खोजेको, कहीँ जान खोजेको, गन्तव्य तय गरिएको, बाटो तय गरिएको, रेलको टिकट काटिएको हो भने चढे हुन्छ ।”
तर, तपाईँहरुलाई अप्ठ्यारो होला नि रु उहाँहरु बाहिरिँदाखेरि रु भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा थापाले भने(“होईन, २०५५ सालमा पनि धेरै साथीहरु बाहिरनुभएको थियो । आज भन्नुभएकै कतिपय साथीहरु बाहिरिनुभएको थियो । ती साथीहरुको धेरै अनुहार आज मिलिसकेका छन् ।
वामदेव गौतमको एकता अभियान हो कि भ्रम अभियान हो रु उहाँहरुले ०५८ सालमा आईन्दा अब विभाजनकारी काम गर्दैनौं । यसो गर्दैनौं । फागुन ३ गते एकतामा सामेल हुनुभाथ्यो । आज फेरि किन्तु, परन्तु भनिकन त्यही गतिविधि अघि बढाईरहनुभएको छ ।”













प्रतिक्रिया दिनुहोस्