काठमाडौं, चैत ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाउनु भएको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बस्ने गरी बिहीबार संसदीय दलको बैठक बोलाउनु भएको हो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार बैठक बिहीबार ११ बजे बस्ने छ । बैठकमा सहभागी हुन संसदीय दलका सवै सदस्यलाई जानकारी पठाइसकिएको भट्टराईले बताउनु भयो । एमाले बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको प्रत्यक्ष निर्देशनमा गुट भेला गरिरहनु भएको बेला प्रधानमन्त्री ओलीले दलको बैठक बोलाउनु भएको हो ।
माधव समुहले बैठकमा सहभागी नहुने बताएको छ तर सो पक्षमा सांसदहरु भने अव एमालेमा भाँडभैलो मच्चाएरु प्रचण्डको पोल्टा भर्ने माधव नेपालको गोप्य सहमति जानकारी पाएको भन्दै संस्थापनतिर आउने मनस्थिति बनाएका छन ।













प्रतिक्रिया दिनुहोस्