जनता टाइम्स

५ चैत्र २०७७, बिहीबार १२:४७

अलग्गै भेला गर्नु माधव नेपालको बाध्यता भएको प्रचण्डको खुलासा


काठमाडौं, चैत्र ५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले माधव नेपालले छुट्टै भेला गर्नु बाध्यता भएको बताउनु भएको छ । सर्वोच्च अदालतको निर्णयपछि माधव नेपाललाई अप्ठेरो परेको उहाको भनाई छ ।

रिल्याक्सका लागि भन्दै सिन्धुली पुग्नु भएका प्रचण्डले मुलकोटमा कार्यकर्तासँग गरेको भेटमा खुलेर कुराकानी गरेको देखिन्छ । सो भेटघाटमा उहाले आफुहरुले केपी ओलीलाई सकाउनै लाग्दा अदालतले आफुहरुको ठाउकोमा ड्याम्मै हानेको भन्दै टिप्पणी गर्नुभएको छ ।

माधव नेपाल र आफूहरू मिल्दा तत्कालीन नेकपामा दुई तिहाई बहुमतले केपी ओलीलाई अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइएको तथा प्रधानमन्त्रीबाट हटाउने अन्तिम तयारी भइरहेका बेला सर्वोच्चका फैसलाले अप्ठेरो अवस्था बनाइदिएको प्रचण्डले खुलासा समेत गर्नुभयो । उहाले अब आफूलाई भन्दा पनि माधव नेपाल, झलनाथ खनालहरूलाई धेरै ठुलो समस्या भएको बताउनु भयो ।

‘हामीले त केपीलाई साधारण सदस्यबाट पनि हटाएको । प्रतिक्रान्तिकारी, प्रतिगामी भनेर गाली पनि गरियो, अझ मैले भन्दा माधवजीले बढी नै गर्नुभयो । फेरि एमाले बनाएपछि उहाँहरूलाई अप्ठेरो छ । केपीले अब माधवहरू आउँदैनन् भन्ने सोचेका रहेछन् । अब त्यहाँ झमेला त शुरू भयो । माधवजीहरू बाध्य भएर अलग्गै भेला गर्दै हुनुहुन्छ र एकताकै निम्ति अघि बढ्नुहुन्छ’, प्रचण्डको भनाई छ ।