काठमाडौं, चैत्र ६
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मस्तिष्कघातपछि राजधानीमा उपचार गराइरहनु भएका जोशीलाई सहयोग स्वरुप १० लाख दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो । शुक्रबार बिहान नर्भिक अस्पताल पुग्नु भएका उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नु भएका उपप्रधानमन्त्री पोखरेल जोशीका परिवारका सदस्यसँग भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो । उहाको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्