काठमाडौं, चैत ७
नेकपा एमालेको केन्द्रीय कमिटीको १२औं बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १० वटा एजेन्डा छलफलका लागि प्रस्तुत भएका छन् । पार्टीको असन्तुष्ट पक्षले बहिष्कार गरेको वैठकले महत्त्वपूर्ण निर्णयहरु लिन सक्ने बुझिएको छ । बैठकमा संसदीय दलको विधान अनुमोदन गर्ने, अध्यक्षलाई अधिकार प्रत्यायोजन गर्ने, स्थायी कमिटी पुनर्गठन तथा महाधिवेसन आयोजक समिति बनाउने प्रमुख एजेन्डा हुन् ।
यसैगरि, नेताहरुको कार्यविभाजन, जनसंगठनको जिम्मेवारी हेरेफेर, तथा पार्टीविरोधि गतिविधि गर्ने नेताहरुमाथिको कारवाही पनि छलफलका एजेन्डा छन् । असन्तुष्ट माधव नेपाल समूह भने बैठकमा सहभागी छैन । पार्टी एकताका पक्षधर उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा भाग लिए पनि केन्द्रीय समिति बैठकमा भने बसेनन् । उनी ‘अस्पताल जानु छ’ भन्दै हिँडेका थिए ।













प्रतिक्रिया दिनुहोस्