काठमाडौं, चैत्र ९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथी लाजमर्दो राजनीति गरेको टिप्पणी गर्नुभएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीमाथी गरेको टिप्पणीले उहाँ आफै प्रश्नको घेरामा परिरहनु भएको बेला थापाले समेत प्रश्न उठाउनु भएको हो ।
सामाजिक सञ्जाल ट्वीटरमा थापाले दुई पटक प्रधानमन्त्री भइसकेका र केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहालले ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ आरोप लगाएको सुन्दा आश्चर्य लागेको लेख्नु भएको छ ।
यस्तो गम्भीर आरोप लगाउँदा पनि दाहालले वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेर लाजमर्दो राजनीति गरेको थापाले उल्लेख गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्