जनता टाइम्स

९ चैत्र २०७७, सोमबार १४:१५

विप्लवलाई प्रश्न : ‘ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो ?’


काठमाडौं, चैत्र ९

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनकारी भन्नु उहाँसँग रुष्ट साथीहरुको टिप्पणी भएको बताउनु भएको छ । उहाले आफूले सोचिराखेको कुरामा कतै धक्का लागेको खण्डमा कस्तो प्रतिक्रिया आउँछ भन्ने कुरा भएको बताउनु भएको हो । एक अन्तर्वार्तामा विप्लवले सरकारमा सहभागीता र पार्टी एकतासम्मको विषयमा खुलेर बताउनु भएको छ ।

प्रश्न : नेपाल कम्युनिष्ट पार्टी केपी ओली नेतृत्वको पार्टीमा सहभागी हुने र पार्टी एकतासम्म गर्ने कुरा आयो । यसका विषयमा सत्य कुरा के हो ?

विप्लव : यो त कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भन्याजस्तै भयो । यसमा धेरै व्याख्या गर्नु जरुरी छैन । त्यसमा मनमनमा लागेको विषयतिर प्रवेश नगरौं किनकी हाम्रो विषय अहिले त्यतातिर होइन । अहिले ३ बुँदेको कुरा मुख्य हो । त्यसमा इमानदारीपूर्वक लाग्छौं । अब पछि छलफल हुँदै जाँदा के हुन्छ, हुँदै हुँदैन भन्ने कुरा पनि होइन, भैहाल्छ भन्ने कुरा पनि होइन । त्यतारितको विषयमा प्रवेश नगरौं । विषय नै नभएको कुरालाई किन गर्ने विषय त ३ बुँदे हो । हाम्रो चाहना त नेपालको कम्युनिष्ट आन्दोलनलाई एक ठाउँमा आउनुपर्छ भन्ने त स्वतः हुने भैहाल्यो । तर के का आधारमा ल्याउने ? कसरी ल्याउने ? भन्ने विषयमा हुने कुरा पनि हुन्छ । अहिलेको मुख्य कुरा के हो भने अहिलेको यो राष्ट्रिय संकटलाई कसरी हल गर्ने भन्नेतिर जानुपर्दछ । कतिपय नमिलेका विषयहरु मिलाउँदै जाने हो त ।