काठमाडौं, चैत्र ११
नेकपा एमालेले केही दिनभित्रै आफ्नो पार्टी कार्यालय धुम्बाराहीबाट माइतिघरमा सार्ने भएको छ । पार्टी कार्यालय सार्ने तयारी अन्तिम चरणमा पुगेको हो । चक्रपथ विस्तारले गर्दा धुम्बाराही आउजाउमा समस्या भएपछि आफ्नै पार्टी कार्यालय बल्खु जानुअघि माइतिघरमा डेरा खोजिएको हो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नयाँ कार्यालय भवनको निरीक्षण गर्दै हुनुहुन्छ । भुकम्पले बल्खुको पार्टी कार्यालय भत्किएपछि २०७२ सालदेखि धुम्बाराहीमा रहेको पासाङ ल्याहामु भवनमा पार्टी कार्यालय सञ्चालन भईरहेको थियो ।

दुई तल्ले नयाँ भवनमा १८ वटा कोठा रहेको बताइएको छ पार्किङलगायतको सुविधासम्पन्न भवन कम्तीमा एक वर्ष प्रयोग हुने एमालेका नेताहरुले जानकारी दिएका छन् । बल्खुस्थित पुरानो पार्टी कार्यालय वैशाख ७ गते शिलान्यास गर्ने निर्णय यसअघि नै केन्द्रीय कमिटी बैठकले गरिसकेको छ । बल्खुमा आफ्नै भवन बन्न कम्तिमा एक वर्ष लाग्ने अनुमान गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्