काठमाडौैं, चैत्र ११
प्रधानमान्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको थापाथलीमा सर्न लागेका नयाँ कार्यालयको निरीक्षण गर्नुभएको छ । बुधबार मध्यान्ह प्रधानमन्त्री ओली थापाथली पुगेर नयाँ पार्टी कार्यालयको निरीक्षण गर्नुभएको हो ।
उहाले भवनका सबै कोठा र कौसीमा गई निरिक्षण गर्नुभएको थियो । केही समय बिताउनु भएका प्रधानमन्त्री निरिक्षण गरेर बाहिरिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले निकट भविष्यमा रहने पार्टी कार्यालयको निरीक्षणका लागि प्रधानमन्त्री आउनु भएको जानकारी दिनुभयो । उहाले चाँडै धुम्बाराहीबाट यहाँ सर्न लागेको समेत बताउनु भयो ।
केन्द्रीय कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने भएको छ । थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्रीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताउदै ५ वर्षका लागि सम्झौता भएको जानकारी दिनुभयो । ‘वैशाख १ गतेबाट पार्टी कार्यालय सर्छ, त्यसका लागि हामीले ५ वर्षको एग्रिमेन्ट गरेका छौँ’, दुगडले पत्रकारसँग भन्नुभयो । एमालेको कार्याललय धुम्बाराहीबाट थपाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सर्न लागेको हो ।













प्रतिक्रिया दिनुहोस्