काठमाडौं, चैत १२
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।
बैठकमा तीन वटा एजेण्डामा छलफल हुने छ । प्रमुख सचेतक भट्टराईका अनुसार चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने बताउनु भयो ।
यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो । बहिष्कार गरेका सांसदलाई पनि सहभागी गराउने प्रयास भईरहेको उहाले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्