जनता टाइम्स

१४ चैत्र २०७७, शनिबार ०७:३९

सूर्य थापाको अडान : माधव नेपाल र भीम रावललाई केन्द्रीय कमिटीबाट निलम्बन गर्नूपर्छ


काठमाडौं, चैत १४ । नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई केन्द्रीय कमिटीबाट निलम्बन गर्नैपर्ने आधार प्रस्तुत गर्नुभएको छ । नेता थापाले पार्टी नेतृत्व र पार्टीको नीतिबिरुद्ध गम्भीर अपराध गरेको तथ्यले नै प्रमाणित गरिसकेको भन्दै यस्तो बताउनु भएको हो ।

यस्तो छ थापाको प्रस्ताव

पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दुःखी आत्माहरूलाई पो आज पार्टी एकता चाहिएको रहेछ ! प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा केचाहिँ गर्न बाँकी राखे ?
कोही प्रदर्शनी मार्गमा चिच्याए, सन्की (?) केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नौं !!
कोही कार्की बैक्वेटमा उफ्रिए, केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायौं !
माझण्ड गुटको मलामी बनेका जिउँदा लाशहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेको ऐलान नै गरे, ७ जनालाई पार्टीबाट नै हटायौं १११
विचराहरू !
तिनले के के गरेका थिए ?
१. प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै होइन, चार पटक निश्काशन गरे ।
२. महासचिव विष्णुप्रसाद पौडेललाई दुई पटक निश्काशनको घोषणा गरे ।
३. मुख्यमन्त्री शंकर पोखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निश्काशन गरे ।
४. मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एक पटक निश्काशन गरे ।
५. सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेताबाट एकपटक निश्काशन गरे ।
६. विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकबाट निश्काशन गरे ।
७. शान्ता चौधरीलाई संसदीय दलको सचेतकबाट एकपटक निश्काशन गरे
८. प्रभु साहलाईलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।
९. कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।
१०. गोकुल बाँस्कोटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनको प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाको किरियामा रहनुभएकाले विरोध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए ।
११. सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे र
१२. महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।
उल्लिखित कथित कारबाही पार्टी कब्जा गर्न गरिएको थियो भन्ने स्पष्ट नै छ।
यहाँनेर सबैलाई ज्ञात होस् र स्मरण पनि (
(पार्टी अध्यक्षबाट केपी शर्मा ओली र अरू एक दर्जन नेताहरूलाई यसरी पटकपटक निस्काशन र निलम्बनको घोषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजोबध गर्ने कार्य श्री माधवजीको पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीको कारण र कुण्ठाग्रस्त मानसिकताको परिणाम हो । माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनको घोषणा गर्न पनि प्रचण्डको जोड नभएर श्री नेपालजीको द्वेष नै कारक थियो र छ ।)
समयले अब यस्ता कथित निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएको छ (
तैपनि तिनमा कुनै पश्चातापबोध छैन,
अझ उल्टै पार्टी एकताको रोइलो तिनकै पो छ ।
खासमा पार्टी एकता भत्काउने र भाँड्ने को थियो ?
ऐनामा अनुहार हेर्नू पर्दैन ?
अनि,
निशर्त नेकपा (एमाले),
सूर्य चिन्ह,
र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यस यता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीको मियोमा आबद्ध भएर अघि बढ्न तयार भई आए पो स्वागत छ, अन्यथा किन र्याईर्याईं गर्ने ?
कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छरछ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्को विकल्प छैन !
अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्तो हुन्छ !!
नत्र प्रचण्डसँगको अघोषित कार्यगत एकता, हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन चलिरहेको छ ?
अब गंगा गए गंगादास,
जमुना गए जमुनादास नहोओैं कि ?
कमसेककम,
१.२०७७ बैशाख यताका गुटगत, फुटगत, प्रचण्डपन्थी, दुष्ट, जनादेशविपरित, जनविरोधी र राष्ट्रिय हितविपरीतका कार्यरदुष्कार्य गलत गरेका थियौ। त्यसैले, सार्वजनिक क्षमायाचना गर्छौं, पार्टीले हाम्रो सार्वजनिक आलोचना गरेर सुध्रिने मौका प्रदान गरोस् भन्ने राजनीतिक र नैतिक साहस प्रदर्शन गर्नुपर्दैन ?
२. अझै अध्यक्ष केपी शर्मा ओलीलाई अर्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०ओैं, ११ ओैं र १२ ओैं बैठकका निर्णयप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, प्रधानमन्त्रीले राजीनामा दिइदिए हाइसञ्चो हुन्थ्योजस्तो गर्ने, निर्लज्जतापूर्वक समानान्तर गतिविधि गर्ने र गुटगत बार्गेनिङ गर्ने कार्यहरू अब किमार्थ मान्य र स्वीकार्य हुनसक्दैनन् ।
चेतना भया !!