जनता टाइम्स

१५ चैत्र २०७७, आईतवार १६:४६

थप ८९ लाई कोरोना पुष्टि, ९५ संक्रमणमुक्त


काठमाडौं, चैत १५

नेपालमा आज ८९ जनालाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ सय १ जनाको पीसीआर परीक्षण हुँदा ८९ जनालाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९५ जना संक्रमणमुक्त भएका छन् भने कोही संक्रमितको मृत्यु भएको छैन ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ । जसमध्ये २ लाख ७२ हजार ५३० जना निको भएका छन् भने ३ हजार २७ जनाको मृत्यु भएको छ । अहिले १२ सय ८२ जना सक्रिय संक्रमित छन् भने ५७ जना क्वारेन्टिनमा छन् ।