जनता टाइम्स

१७ चैत्र २०७७, मंगलवार १४:२३

नेकपा (एमाले) द्धारा अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठसहित)


काठमाडौं, चैत्र १७ । नेकपा (एमाले) ले ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरमा एमालेले २० पेज लामो ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको हो । अन्तरपार्टी निर्देशनमा चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय उल्लेख गरिएको छ ।

देशमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराबीच सम्पन्न सो बैठकले पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।

ती निर्णय आत्मसात गर्दै कार्यान्वयन गर्नका लागि सम्पूर्ण पार्टी पंक्तिमा निर्देशन जारी गरिएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ । पछिल्लो राजनीतिक घटनाक्रम र अदालतका फैसला, एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको नामावली लगायतका निर्णयहरु पनि अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।