जनता टाइम्स

१८ चैत्र २०७७, बुधबार १६:३२

स्वास्थ्य मापदण्ड अपनाएर चोभारको हुपी ल्यान्ड पार्क सञ्चालनमा


काठमाडौं, चैत १८

चोभारमा रहेको हुप्पी ल्यान्ड सञ्चालनमा आएको छ । रमणीय स्थलको रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो भने चैत्र १४ गते शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । एक अर्बभन्दा बढीको लागतमा स्थापना भएको उक्त ठाउँ कोभिड—१९ का कारण सञ्चालनमा आउन सकेको थिएन ।

सरकारले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएपछि हुप्पी ल्यान्ड पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा लागू गर्दै सञ्चालनमा आएको प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सेनिटाइजरको व्यवस्था, विभिन्न स्थानमा हातधुने ठाउँ र तापक्रम नाप्नेलगायतका स्वास्थ्य मापदण्ड अपनाएर पार्क सञ्चालनमा ल्याएका छौं ।’